मौद्रिक नीतिमा व्यवसायीका समस्या सम्बोधन गर्न माग



बुटवल, (नेस) । 

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीबाट प्रभावित व्यवसायलाई ६ महिना समयावधिको कर्जाको व्याज पुँजीकरण गरी कर्जाको पुनसंरचना र पुनतालिकीकरण गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

अन्यको लागि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा समाप्त भएको मितिबाट तीन महिनाको व्याज पुँजीकरण गर्दै कर्जाको पुनसंरचना र पुनतालिकिकरण गरि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने सुझाव सहित बुटवल उद्योग बाणिज्य संघले मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएको हो ।

नेपाल राष्ट्र बैंकले आगामी साउनको पहिलो साता ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहँदा संघले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सुदीप फुयाँलमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव पठाएको हो । संघको टोलीले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख फुयाँललाई ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले गत वर्ष करिव ४ महिनाको बन्दाबन्दी र अहिलेको करिब २ महिनाको निषेधाज्ञाले व्यावसायिक क्षेत्रमा नराम्रो प्रभाव परेकोले व्यबसाय बचाउनेगरी मौद्रिक नीति तर्जुमा गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्