जाजरकोटमा चोरी गर्ने दुई जना पक्राउ



बासुदेव शर्मा ,जाजरकोट । 

जाजरकोट चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । गत असार ९ गते भेरी नगरपालिका ४ बोहोरा मोड नजिकै रहेको कल्पना खडकाको किराना पसलको ताला फोरी नगद रुपैया नमस्ते, एनसेल र डिसहोमका रिचार्ज कार्डहरु मास्क घडीवाला मोवाईलको टाउको मोबाईल चार्जर एम्पी घ पिलेर समेत चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

असार ११ गते विहान अन्दाजी ३ बजेर २५ मिनेटको समयमा भेरी नगरापलिका ३ ठाँटी बजार स्थित मनोज शाहको पसलको ताला फोडी नगद, घडी, एरफोन चस्मा एम्पी घ पिलेर चोरी गरि लिएको मौखिक जानकारीका आधारमा चोरी गर्ने मानिसहरुको खोज तलास गर्दै जाने क्रममा प्रहरीले तत्काल पक्राउ गरेको हो ।पसलबाट सामान चोरी भएकै दिन ११ गते विहान करिव ६ बजेको समयमा भेरी नगरपालिका ४ शान्तिचौतारा बसपार्क स्थित सुर्खेत जाजरकोट सडक खण्डमा दुई जना मानिसहरु शंकास्पद अवस्थामा हिडिरहेको उनीहरुलाई प्रहरीले सोधपुुछ गर्दा पक्राउ परेको हुन् ।

प्रहरीहरुले सोधपुछ गर्दा पश्चिम रुकुम चौरजाहारी नगपालिका ९ बस्ने बर्ष १८ का हिमाल बुढाथोकी र बर्ष १४ का बालकले आफनो साथमा बोकी ल्याएको प्लास्टिकको थैलीहरु र निजहरुको शरिस खानतलास गर्ने क्रममा चोरीका सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।प्रहरीका अनुसार निजहरुले अन्य स्थानमा समेत चोरी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले निजहरुलाई नियनत्रणमा लिई चोरी सम्वन्धि कसुरमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।पछिल्लो समयमा जाजरकोटमा चोरीका घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय जाजरकोटले बजार क्षेत्रमा आफना गतिविधि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्