सहकारी बैंकको सेवा बिस्तार



बाजुरा, नेस । 

राष्ट्रिय सहकारी बैंकले बाजुरामा सेवा सञ्चालन गरेको छ । त्रिबेणी बचत तथा ऋण सहकारी संस्था, बडिमालिका आठ मार्तडी र जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था, बूढीगंगालाई एकै साथ लगानी गरी सेवा विस्तार गरेको राष्ट्रिय सहकारी बैंक प्रादेशिक कार्यालय धनगढी शाखा प्रमुख कृष्ण रावलले जानकारी दिनुभयो ।

सहकारीमार्फत सदस्यलाई व्यावसायिक बनाई समुदायको आर्थिक तथा सामाजिक विकासमा टेवा पु-याउने उद्देश्यले सहकारी बैंकले पहिलोपटक बाजुरामा सेवा थालनी गरेको शाखा प्रमुख रावलले बताउनुभयो ।

प्रथम पटकलाई जिल्लाका दुई संस्थालाई शुक्रबार ५०–५० लाख रुपियाँ ऋण लगानी गरेको हो । सहकारी संस्था प्रवद्र्धन कार्यक्रमअन्तर्गत उक्त ऋण लगानी गरेको त्रिबेणी सहकारी संस्थाका अध्यक्ष अशोक रावलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्