मेक इन नेपाल–स्वदेशी’ अभियानका लागि समझदारी



काठमाडौं, (नेस)। 

नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालनका लागि सरकार र परिसंघबीच समझदारी भएको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा सरकारले साझेदारी गरेको हो ।

बिहीबार आयोजित कार्यक्रममा सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रको रूपमा विकास गर्न यस अभियान र समझदारी कोशेढुंगा सावित हुने बताउनुभयो । ‘अब सरकार र नेपाल उद्योग परिसंघ आफ्ना जिम्मेवारी कुशलतापूर्वक बहन गरी अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो–‘सरकारले नीतिगत र प्रक्रियागत सरलीकरण गरिरहेको छ, लगानीको वतावरण पनि तयार भइरहेको छ । अब उपलब्धि हासिल हुने गरी निजी क्षेत्रले काम गर्नुपर्छ ।’कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाली वस्तुको उत्पादन र प्रवद्र्धनका लागि अभियानले महŒवपूर्ण योगदान दिने बताउनुभयो । ‘नेपाललाई अहिले आफ्नै वस्तु उत्पादन र तिनीहरूको प्रवद्र्धन आवश्यक परेको छ,’ उहाँले भन्नुभयो–‘यो अभियानले त्यसलाई सहयोग पु¥याउने परिसंघको विश्वास छ ।’कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समझदारीपछि स्वदेशी अभियानका लक्ष्य हासिल गर्न अझ सहयोग पुग्ने बताउनुभयो । उहाँले स्वदेशी वस्तुको उत्पादन तथा उपभोग प्रवद्र्धनमा यसले अझै टेवा दिने उल्लेख गर्नुभयो ।

अभियानको मुख्य उद्देश्य नेपाली उत्पादन वृद्धि गरी आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माण गर्न सहयोग गर्नु, नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनको उपभोग गर्न प्रोत्साहन गर्नु र नेपाली उत्पादनको बजारीकरण गरी विश्व बजारमा नेपाली वस्तु र सेवाको उपलब्धता बढाउनु, देशभित्रै रोजगारीको पर्याप्त अवसर सिर्जना गर्नु रहेको छ ।यस अभियानलाई व्यापकरूपमा अगाडि बढाउन नेपाली वस्तु र सेवामा प्रयोग गर्ने गरी एक लोगोको पहिचान गरिएको छ । नेपाल उद्योग परिसंघद्वारा प्रस्ताव गरिएको उक्त लोगो निश्चित मापदण्ड र प्रकृया अवलम्वन गरी सबै नेपाली उत्पादनले प्रयोग गर्न सक्ने गरी सरकारले दर्ता प्रक्रिया अगाडि बढाएको छ ।

नेपाली वस्तु र सेवालाई विश्वव्यापी बनाउने र यसको स्वदेशी उपभोग वृद्धि गर्ने गरी अघि सारिएको यो अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्र समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै समझदारी गरिएको हो । समझदारीअनुसार उद्योग विभाग र परिसंघको समन्वयमा मेक इन नेपाल – स्वदेशी लोगो प्रयोगका सम्बन्धमा संयुक्तरूपमा अनुगमन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्