नेप्सेमा फेरि उच्च गिरावट



 काठमाडौं, (नेस)। 

अघिल्लो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पुनः उच्च अंकले नै घटेको छ । यस दिन नेप्से ५१ दशमलव ६५ अंकले घटेर २८६२ दशमलव १८ बिन्दुमा झरेको छ । मंगलबार ४० खर्ब ४८ अर्ब २ करोड ४४ लाख रुपियाँ बराबर नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण घटेर ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख रुपियाँमा सीमित भएको छ ।

कुल २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार कित्ता शेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपियाँमा कारोबार भएको छ । यस दिन कारोबार भएका १३ समूहको नै सूचक ओरालो लागेको छ । त्यसमा बैंकिङ २८ दशमलव ५४, व्यापार ५५ दशमलव ५६, होटल तथा पर्यटन ६९ दशमलव ७७, विकास बैंक १६० दशमलव ६६, जलविद्युत् ७१ दशमलव ४९, वित्त ६७ दशमलव ४४, निर्जीवन बीमा २८० दशमलव १२, उत्पादन १२१ द्यशमलव १३, अन्य ४४ दशमलव ४३, लघुवित्त १०० दशमलव ३२, जीवन बीमा ३८७ दशमलव ४२ , सामूहिक लगानी कोष शून्य दशमलव १४ र लगानी उपसमूह शून्य दशमलव ३९ अंकले घटेको छ ।

कारोबारका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ५४ करोड २० लाख रुपियाँको शेयर कारोबार भएको छ । यस्तै नेपाल इन्स्योरेन्स कम्पनी ४२ करोड चार लाख, राधी विद्युत् कम्पनीको ३८ करोड ४१ लाख, नेसनल हाइड्रोपावर कम्पनीको ३३ करोड ८९ लाख र एचआईडीसीएलको ३० करोड ३१ लाख रुपियाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा उच्च अंकको गिरावट भए पनि राधी विद्युत् कम्पनी ९ दशमलव ७१, ङादी ग्रुप अफ पावर ९ दशमलव शून्य ९, छ्याङदी हाइड्रोपावर ६ दशमलव ५६, नेपाल इन्स्योरेन्स ६ दशमलव १६ र घलेम्दी हाइड्रोकाको शेयर मूल्य ६ लगानीकर्ताल शून्य २ प्रतिशतले बढेको छ । यस्तै कालिका पावर कम्पनी, नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रो डेभलपर र अरुण काबेली पावरका लगानीकर्ताले भने अन्य कम्पनीको तुलनामा उच्च गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्