प्रदेश २ को विकास खर्च ३० प्रतिशतभन्दा कम



जनकपुर, (नेस) । 

प्रदेश सरकारले चालू आर्थिक वर्षमा विकास खर्च ३० प्रतिशतभन्दा कम गरेको छ । चालू आवका लागि १९ अर्ब १९ करोड ८ लाख १८ हजार रूपियाँ विकास खर्चका निम्ति बजेट विनियोजन भएकोमा चालू आवको ११ महिनामा जम्मा ५ अर्ब ६८ करोड ६५ लाख रुपियाँ अर्थात २९ दशमलव ८० प्रतिशतमात्रै विकास खर्च भएको हो ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालू आवमा सरकारले चालू खर्चतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपियाँ बजेट विनियोजन गरेकोमा सो अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख मात्र खर्च भएको छ । यो ३७ दशमलव २५ प्रतिशत रहेको छ । मन्त्रालयगत आधारमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले ४१ द्यशमलव १४ प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयले चालूतर्फ ३५ करोड ६० लाख ८१ हजार र पुँजीगततर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले ३६ दशमलव ३५ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले चालूतर्फ ७ करोड ६ लाख ८६ हजार र पुँजीगततर्फ रु १ करोड ८० लाख १० हजार खर्च गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको ११ महिनामा १० अर्ब ६५ करोड ५७ लाख खर्च गरेको छ । यो कुल बजेटको ३१ दशमलव ४७ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्