भीरबाट लडेर वडा सदस्य नेपालीको मृत्यु



बासुदेव शर्मा ,जाजरकोट ।

भीरबाट लडेर एक जना वडा सदस्यको मृत्यु भएको छ । वडा स्तरीय योजना तुर्जमा गोष्ठीमा सहभागी हुन वडा कार्यालय बाहुनथाना जाने क्रममा भीरबाट लडेर घाईते भएकी भेरी नगरपालिका २ की वडा सदस्य सशिला नेपालीलाई उपचारको लागी नेपालगंन्ज लिने क्रममा बाटोमै मृत्यु भएको हो ।

वडा स्तरिय योजना तर्जुमा गोष्ठीमा सहभागी हुन वडा कार्यालय बाहुनथाना आउने क्रममा भेरी नगरपालिका २ की वडा सदस्य सशिला नेपालीको डिङ्गाको ढयाङग्रे भीरबाट लडेर घाईते भएकी थिईन । विहान ९ बजे भीरवाट लडेर घाईते भएकी वडा सदस्य नेपालीका हात खुट्टा र टाँउकोमा गम्भीर चोट लागेको थियो । बेहोस अवस्थामा रहेकी उनलाई उपचारको लागी नेपालगंन्ज तर्फ लिदै गर्दा सुर्खेतको औलझयाममा मृत्यु भएको अर्का वडा सदस्य मिना पुनले जनाकारी दिनु भयो ।नेपालगंन्ज लिदै गर्दा मृत्यु भएपछि वडा सदस्य नेपालीलाई भेरी नगरपालिका २ डिङ्गा आफनो निवास पुरयाएको वडा सदस्य पुनले बताउनु भयो । नगर सभाको पुर्व सन्ध्यामा वडा सदस्यको निधनले नगरपालिकालाई ठुलो क्षेति पुगेको उहाँको भनाई छ ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले नगर सभा नगर कार्यपालिकाको महान पर्व भएकोले पुर्व सन्ध्यामा वडा सदस्यको निधनले नगरपालिका परिवारलाई ठुलो क्षेति पुगेको उहाँले बताउनु भयो । भीरबाट लडेर मृत्यु भएकी वडा सदस्य नेपाली प्रति भाबपुर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवार लगाएत आफन्तजनहरुमा समावेदना प्रकट गर्नु भएको छ ।गोष्ठीमा सहभागी हुन घरबाट वडा कार्यालय बाहुनथाना हिडेकी वडा सदस्य नेपाली प्रति भेरी नगरपालिकाले बुधवार औपचारिक रुपमा शोक सभा गर्ने र विहिवार देखि संचालन हुने नगर सभाले शोक प्रस्ताव पारित गर्ने भेरी नगरपालिकाका नगर प्रमुख घर्तिले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्