प्रदेश सहकारी बोर्डमा देवकोटा



हेटौंडा, नेस
बागमती प्रदेश सहकारी विकास बोर्डले लामो समयपछि कार्यकारी उपाध्यक्ष पाएको छ । हेटौंडाका नारायणप्रसाद देवकोटा कार्यकारी उपाध्यक्ष नियुक्त हुनुभएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् निर्णयअनुसार देवकोटालाई नियुक्त हुनु भएको हो ।

देवकोटा राष्ट्रिय सहाकारी महासंघका केन्द्रीय सञ्चालक, केन्द्रीय दुग्ध सहकारी संघ अध्यक्ष, मकवानपुर सहकारी संघ अध्यक्ष तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ ।

मकवानपुरे सहकारी आन्दोलन र केन्द्रीय दुग्ध सहकारी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत उहाँ पटक–पटक पुरस्कार तथा सम्मानित भइसक्नुभएको छ । बागमती प्रदेश दुग्ध विकास बोर्ड सदस्यमा भने बिमला तामाङ मनोनयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्