हलचल मच्चिएको शेयर बजारमा ४७ अर्ब नाफा



काठमाडौं, नेस।

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखियुक्तको सूचीमा राखेपछि यस साता शेयर बजारमा हलचल भएको छ । साताको शुरूका दिनमा बढे पनि सूची प्रकाशितपछि घटेको थियो । यद्यपि, यस साता नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक समग्रमा २३ दशमलव ६५ अंकले बढेर २९६८ दशमलव ४३ बिन्दुमा पुगेको छ ।

यस साता नेप्सेमा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरण पनि बढेको छ । अघिल्लो साता ४० खर्ब ९२ अर्ब रुपियाँ रहेकोमा यस साता ४७ अर्ब रुपियाँ बढेर कुल बजार पुँजीकरण ४१ खर्ब ३९ अर्ब पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३०२५ दशमलव ८३ बिन्दुमा पुगेको थियो। त्यसपछि नेप्सेमा करेक्सन शुरू भएको हो । यस साता कारोबार रकममा भने केही कमी आएको छ साताको पाँचै दिन कारोबार भएको भएको थियो । साताभरक ८१ अर्ब ३५ करोड रुपियाँमा १५ करोड १७ लाख कित्ता शेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो साताको तुलनामा पौने दुई अर्ब कम हो ।

प्रतिक्रिया दिनुहोस्