एनएमबि बैंकले उच्च ब्याज दिने घोषणा



काठमाडौं, नेस ।

 एनएमबि बैंकले निक्षेपमा अरु बैंकले भन्दा बढी ब्याज दिने दाबी गरेकोे छ । एनएमबि बैंकले बचत खातामा ५ दशमलव ६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज रहेको बैंकको दाबी छ । बैंकले मुद्दतीमा भने ८ दशमलव ३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

‘बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्तालाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम् ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्