लक्ष्यअनुसारको राजस्व असुलीमा पुनः असफल



कृष्णउदास खनाल, वीरगन्ज

वीरगन्ज भन्सार कार्यालयले जेठ महिनामा पनि लक्ष्यअनुसारको राजस्व असुलीमा सफल भएको छ । चालू आर्थिक वर्षको जेठ महिनाका लागि भन्सार विभागले १९ अर्ब ५७ करोड २ लाख ६१ हजारको लक्ष्य दिएकोमा जेठ महिनामा जम्मा १२ अर्ब ३६ करोड ५२ लाख २७ हजार रुपियाँमात्रै राजस्व असुल गर्न सफल भएको छ ।

कोरोना कहरसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण त्यसको असर भन्सारमा पनि परेकाले लक्ष्य अनुसारको राजस्व असुली जेठ महिनामा पनि हुन नसकेको भन्सारका अधिकारीको दाबी रहेको छ । वैशाख महिनामा पनि लक्ष्यअनुसारको राजस्व असुलीमा वीरगन्ज भन्सार असफल भएको थियो ।भन्सार विभागले १९ अर्ब४४ लाख राजस्व असुलीको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले जम्मा १६ अर्ब ८४ करोड रुपियाँमात्रै राजस्व असुली गर्न सफल भएको थियो । यद्यपि, निषेधाज्ञा नभएको महिना चैतमा भने वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको थियो ।

चैत महिनाका लागि १५ अर्ब १७ करोडको लक्ष्य दिइएकोमा वीरगन्ज भन्सारले १९ अर्ब ८७ करोड राजस्व असुली गर्न सफल भएको थियो । भन्सार विभागले चालू आर्थिक वर्षका लागि वीरगन्ज भन्सारलाई १ खर्ब ७० अर्ब ७६ करोड ५१ लख ४१ हजारको लक्ष्य दिएकोमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगन्ज भन्सारले जम्मा १ खर्ब ५३ अर्ब ९८ करोड ६२ लाख ४८ हजार राजस्व असुल गर्न सफल भएको छ । अब वीरगन्ज भन्सारले लक्ष्य भेट्टाउनका लागि असार महिनामा १६ अर्ब ७७ करोड ८८लाख ९३ हजार रावश्व असुल गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्