जोखिमयुक्त सूचीका ५१ मध्ये ४८ वटा कम्पनीको शेयर घट्यो



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै ५१ वटा कम्पनीको सूची प्रकाशित गरेको भोलिपल्ट बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा पहिरो गएको छ । यस दिन नेप्से सूचक ५२ दशमलव ३९ अंकले घटेर २९६९ दशमलव ७२ बिन्दुमा झरेको छ ।बोर्ड प्रकाशित गरेको जोखिमयुक्तको सूचीमा रहेका ५१ वटा कम्पनीमध्ये ४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तर, ३ कम्पनीको शेयरमूल्य भने सामान्य बढेको छ । बुधबारको कारोबारमा सूचीमा परेका युनियन हाइड्रोपावर, सिनर्जी पावर र महिला लघुवित्त कम्पनीको शेयरमूल्य सामान्य बढेको हो ।

बुधबार कारोबारमा अघिल्लो दिन जोखिमयुक्तको सूचीमा रहेका कम्पनीमध्ये १० वटा कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ९४ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ९दशमलव ९२ प्रतिशत, नेसनल हाइड्रोपावरको ९दशमलव ९१ प्रतिशत, छ्याङ्दी हाइड्रोको ९दशमलव ८८ प्रतिशत र आँखुखोला हाइड्रोको ९ दशमलव ८५ प्रतिशतले घटेको छ । समग्र परिसूचक घटेको दिन सीईडीबी हाइड्रोपावरको शेयरमूल्य भने सबैभन्दा धेरै ९ दशमलव ९० प्रतिशतले बढेको छ । त्यस्तै फस्ट माइक्रोफाइनान्सको ७ दशमलव २० प्रतिशत, युनियन हाइड्रोपावरको ६ दशमलव ४४ प्रतिशत, आरएसडीडी लघुवित्तको ५ दशमलव ६२ प्रतिशत र सामुदमयिक लघुवित्तको ५ दशमलव २३ प्रतिशतले बढेको छ ।

बुधबार २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार कित्ता शेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार रुपियाँमा कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ६० करोड ९० लाख रुपियाँको शेयर कारोबार भएको छ । साथै हिमालयन डिस्टिलरीको ५५ करोड ५७ लाख, नेसनल हाइड्रोपावरको ४६ करोड ७६ लाख र अरुण भ्याली हाइड्रोपावरको २६ करोड रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्