६० प्रतिशतले वैदेशिक रोजगारी घट्दा पनि विप्रेषणमा वृद्धि



काठमाडौं, नेस 

चालू आवको वैशाख महिनासम्म विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भई ८०९ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव १ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव ६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या ६० दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २।७ प्रतिशतले घटेको थियो

।वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४ दशमलव ६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव २ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६ दशमलव ९ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्