चालू खाता घाटामा शोधनान्तर स्थितिमा न्यून बचत



काठमाडौं, नेस । 

चालू आर्थिक वर्षको १० महिनामा सरकारको चालू खाता २४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षमा ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११ दशमलव ५ प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९ दशमलव २ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रहेको थियो । उता, वैशाख महिनासम्म शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्