नेप्सेमा फेरि रेकर्ड



काठमाडौं, नेस । 

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ दशमलव ३२ अंक बढेर २९८३ दशमलव ११ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बन्द बिन्दु हो । त्यस्तै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर १९ अर्ब ५५ करोड १ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । यसअघि १७ अर्ब रुपियाँको कारोबार रेकर्डलाई तोडेको हो ।

नेप्सेमा कारोबार हुने १३ समूहमध्ये ७ समूहको बढेको छ भने बाँकी ६ समूह घटेको छ । यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ८ दशमलव २४ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६६ करोड ९० लाख ९५ हजार रुपियाँको शेयर कारोबार भएको छ । त्यस्तै यस दिन श्रीइन्भेष्टमेन्ट एन्ड फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्