१५ प्रतिशत रोपाइँ सम्पन्न



विनोदसिंह विष्ट, बैतडी । 

जिल्लाका किसान हाल रोपाइँ गर्न व्यस्त रहेका छन् । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिने भएकाले जिल्लाका किसान रोपाइँमा व्यस्त रहेका हुन् ।

बेंसी क्षेत्र र सिँचाई सुविधा भएका ठाउँमा धान रोपाइँ गर्ने अवस्थामा रहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख दिलबहादुर सिंहले जानकारी दिनुभयो । जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेंसी क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । उहाँले भन्नुभयो– रोपाइँका लागि उपयुक्त समय शुरू भइसकेको छ, बेंसी र सिँचाइ सुविधा भएको ठाउँमा सम्पन्न पनि भएको छ, बाँकी क्षेत्रका किसान रोपाइँ तयारीमा छन् ।’

यो वर्ष समयमै पानी परेकाले पनि धेरै ठाउँमा रोपाइँ शुरु भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार हालसम्म १५ प्रतिशत क्षेत्रमा रोपाई सम्पन्न भएको जनाएको छ । धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेंसी क्षेत्रमा बढी उत्पादन हुने गरेकोछ ।कोरोना कहरकै बीच किसान रोपाइँमा व्यस्त भएका हुन् । घर बाहिर तथा मजदूरी गर्न देश बाहिर रहेका पनि घरमै फर्किएकाले रोपाइँ गर्न सहज भएको छ । बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्