चीनसँगको व्यापार हड्प्न फर्जी समिति



नेपाल समाचारपत्र, रसुवा । 

चीनको केरूङ क्षेत्रमा बस्दै आएको नेपाली व्यवसायीले नक्कली सरकारी बनाएर रसुवागढी नाकामा समान व्यवस्थापनको लागि समिति बनाएको खुलासा भएको छ । नेपालका कुनै पनि सरकारी निकायमा दर्ता नभएको समितिले चीनसमक्ष प्रस्ताव पठाउने र नेपालतर्फको व्यापारमा व्यवस्थापनका लागि नयाँ बाटो तय गरेकोल रहस्य खुलेको हो ।

सरकारी कागजात कीर्ते गरी खोलिएको फर्जी समितिले नेपाल र चीनबीचको व्यापारलाई आफ्नै तरिकाले व्यवस्थापन गर्न खोजेको अनुसन्धानबाट पाइएको छ । फर्जी समितिमार्फत नेपालतर्फको व्यापार व्यवसाय गर्न निजी कम्पनीसमेत तोकिएको बताइएको छ । डेढ साता अघि चिनियाँ पक्षबाट पत्राचार भएपछि नेपालको सरकारी निकायले फर्जी समिति बनेको र त्यसले गरेको गतिविधि बारे जानकारी पाएको थियो । रसुवा पोर्टम्यानेजमेन्ट समितिसँग चिनियाँँ पक्षले समझदारीअनुसार नयाँ प्रणालीमा व्यापार गर्ने जानकारी दिँदै पूर्वाधार बनाउनसमेत अनुमति मागेपछि नेपालमा रहस्य खुलेको हो । रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले अहिले यस विषयमा छानविन भइरहेको उल्लेख गर्दै सो समिति नेपालका कुनै पनि निकायमा दर्ता नभएकाले फर्जी समिति रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्