नेप्सेमा झिनो गिरावट



काठमाडौं, नेस । 

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ८० अंकले घटेर २९४४ दशमलव ७८ बिन्दुमा ओर्लेको छ । कुल २२० कम्पनीको तीन करोड छ लाख छ हजार कित्ता शेयर १६ अर्ब १० करोड चार लाख १२ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कमपनीहरूको कुल बजार पुँजीकरण ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार रुपियाँमा झरेको छ ।

कारोवार भएका १३ समूहमध्ये सात समूहको शेयर परिसूचक ओरालो लागेको भने बाँकी छ समूहको उकालो लागेको छ । यसदिन बैंकिङ, व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन, अन्य ६ र जीवन बीमा समूह घट्दा विकास बैंक, जलविद्युत्, वित्त, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूह बढेका छन् ।कारोबार रकमका आधारमा एचआईडीसीएल अग्रस्थानमा छ । सो कम्पनीको ९९ करोड ६५ लाख ६० हजार रुपियाँको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ५० लाख ८५ हजार, लुम्बिनी विकास बैंकको ४५ करोड ९३ लाख, अपि पावर कम्पनीको ४४ करोड ५८ लाख र नेपाल इन्स्योरेन्सको ३८ करोड ९६ लाख रुपियाँको शेयर किनबेच भएको छ । यस दिन पाँचथर पावर कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

लिवर्टी इनर्जी ९ दशमलव ९७, शिव श्रीहाइड्रोपावर ९ दशमलव ९७, ङादी गु्रप पावर ९दशमलव ९३ र माउन्टेन इनर्जीका लगानीकर्ताले ९दशमलव ९२ प्रतिशतले कमाएका छन् । त्यस्तै गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स र समिट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्