नेप्सेमा बिक्री चाप बढ्यो



काठमाडौं, नेस  ।

बिक्री चाप बढ्दा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० बुधबार दोहोरो अंकको गिरावट आएको छ । शुरुआतमा नेप्सेले तीन हजार बिन्दु छोएको भए पनि क्रमशः घट्दै जाँदा अन्ततः १३ दशमलव ५६ अंकले घटेर परिसूचक २९४६ दशमलव ५८ बिन्दुमा ओर्लिएको छ । यस दिन कुल २२१ कम्पनीको तीन करोड १३ लाख ५४ हजार कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार रुपियाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण ४० खर्ब ९० अर्ब ७४ करोड ३५ लाख रुपियाँमा झरेको छ । यस दिन कारोवार भएका १३ समूहमध्ये छ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ । बढ्नेमा व्यापार समूह ७८ दशमलव ९३, वित्त समूह ४७ दशमलव ३८, निर्जीवन बीमा समूह ३९, उत्पादन समूह २३७ दशमलव ४६, जीवन बीमा समूह २९ दशमलव १२ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ३ अंकले बढेका छन् । बुधबार कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ८७ करोड ९४ लाख ९० हजार रुपियाँको शेयर किनबेच भएको छ । यस्तै नेपाल पुनर्बीमा कम्पनीको ६१ करोड ८० लाख ३८ हजार, नेपाल इन्स्योरेन्स कम्पनीको ५१ करोड छ लाख ७१ हजार, लुम्बिनी विकास बैंकको ४८ करोड २८ लाख ९८ हजार र युनाइटेड मोदीको ४७ करोड १४ लाख रुपियाँबराबरको कारोबार भएको छ ।

यस्तै नेपाल इन्स्योरेन्स र युनाइटेड मोदीका लगानीकर्ताले समान ९ दशमलव ९५ प्रतिशत, रिडी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९२, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ९दशमलव ८६ र सीईडीबी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतले कमाएका छन् । तर, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८८, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ६ दशमलव ३७, साइन रेसुंगाा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव१५, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव ९७ र गरिमा विकास बैंकका लगानीकर्ताले ५ दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्