होन्डाको सीबी ३५० बजारमा



काठमाडौं, नेस ।

 नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको सीबी ३५० डीएलएक्स बजारमा ल्याएको छ । स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नेपालमा होन्डाको सीबी मोडलका बाइकले विशेष पहिचान बनाएका छन् । यस बाइकले पनि नेपाली बाइकरको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होन्डा विश्वस्त छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरले भरिपूर्ण यस बाइक सिङगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी तीन विभिन्न रङमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजार रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्