होण्डाको सीबी ३५० डीएलएक्स अब नेपाली बजारमा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको सीबी ३५० डीएलएक्स नेपाली बजारमा ल्याएको छ । सोमबार स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिका अध्यक्ष सौरभ ज्योतिले एक युट्युब भिडियोमार्फत् नेपाली बजारमा सार्वजनिक गरेका थिए ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुका लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुनेछ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् । नेपाली बजारमा यसको मूल्य रु.७ लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्