हेटौंडालाई १ अर्ब बजेट


हेटौंडा, नेस । 

हेटौंडा उपमहानगरपालिकाले संघीय सरकारमार्फत् आगामी आर्थिक वर्षका लागि १ अर्ब १ करोड ९१ लाख रुपियाँ बजेट पाउने भएको छ । जिल्लाकै थाहानगर नगरपालिकाले संघीय सरकारले उपलब्ध गराउने अनुदान रकममा भने वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा आगामी वर्षका लागि संघीय बजेट झण्डै डेढ करोड रुपियाँले बढेको हो ।

संघीय सरकारले आर्थिक वर्ष २०७८-०७९ मा थाहा नगरपालिकाका लागि ४३ करोड ५५ लाख रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा थाहाको लागि संघीय सरकारले समानीकरणतर्फ १३ करोड, सशर्त अनुदानतर्फ २७ करोड र समपुरकतर्फ २ करोड गरी ४२ करोड अनुदान बिनियोजन गरेको थियो ।आगामी वर्षका लागि संघीय सरकारले थाहा नगरपालिकालाई समानीकरण अनुदान १३ करोड ४७ लाख, सशर्त अनुदान २७ करोड ३५ लाख, विशेष अनुदान १ करोड ८ हजार र समपुरक अनुदान १ करोड ६५ लाख रुपियाँ उपलब्ध गराउने भएको छ । आगामी वर्षको कुल अनुदानमध्ये चालुतर्फ ३८ करोड ६९ लाख र पुँजीगततर्फ ५ करोड ९४ लाख छ ।

इन्द्रसरोवर गाउँपालिकालाई २० करोड ६७ लाख, कैलाशलाई २६ करोड २३ लाख, बकैयालाई ४० करोड, बागमतीलाई ३१ करोड ३३ लाख, भीमफेदीलाई ३३ करोड, ६३ लाख, मकवानपुरगढीलाई ३८ करोड ९७ लाख, मनहरीलाई ३३ करोड ९७ लाख र राक्सिराङ गाउँपालिकालाई ३० करोड ३८ लाख बजेट विनियोजन भएको छ ।