नेपाल बंगलादेश बैंक २७औं वर्षमा पूरा



काठमाडौं, नेस ।

नेपाल बंगलादेश बैंकले आफनो २७औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैकिङ कारोबार शुरू गरेको थियो । यो विदेशी संयुक्त लगानीमा संचालित बैंक हो ।

यस बैंकमा बंगलादेशको आईएफआईसी बैंकको ४० दशमलव ९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट ग्राहकलाई बैकिङ सुविधा दिँदै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई ६६ लाख रुपियाँबराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ ।

साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टीकापुर अस्पताललाई ४ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सनटे«टर खरिद गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्