५५ अङ्कले बढ्यो नेप्से, साढे ११ अर्ब बढीको शेयर कारोबार



न्युज अफ नेपाल, काठमाडौं ।

लगातार दुई दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार भने उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ५५.७६ अंकले बढेर २८२७ दशमलब १३ विन्दुमा पुगेको छ । आज ११ अर्ब ३५ करोड १८ लाख बराबरको कारोबार भएको छ ।
आज १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमामाई हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स र गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्