माथिल्लो तामाकोसीको पहिलो परीक्षण सफल



न्युज अफ नेपाल काठमाडौं ।

बहुप्रतिक्षित स्वदेशी लगानीको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटको परीक्षण सफल भएको छ ।

पेनस्टकको म्यानहोल रहेको चुहावट पछि मर्मत गर्नेगरी आयोजनाले विद्युत् गृहको टर्बाइनमा पानी पठाएर पहिलो युनिटको सफल परीक्षण गरेको हो ।
पहिलो युनिटको टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसअघि पेनस्टकको परीक्षणका क्रममा चुहावट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्