शेयर बजारको ओरालो गति



काठमाडौं, नेस  ।

शेयर बजारमा ओरालो यात्रा जारी छ । अघिल्लो दिन ४५ अंकको गिरावट भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक मंगलबार ११ दशमलव ६८ अंकले घटेर २७७१ द्यशमलव १५ बिन्दुमा झरेको छ ।

कुल २१६ कम्पनीको एक करोड ९७ लाख ८३ हजार कित्ता शेयर ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण ३८ खर्ब ४५ अर्ब ७० करोड २५ लाख ४५ हजार रुपियाँ बराबर पुगेको छ । यस दिन कारोबार भएका १३ समूहमध्ये ज तीन समूहको मात्रै परिसूचकमा बढेको छ । बाँकी १० समूहको परिसूचक घटेको छ । जसमध्ये विकास बैंक समूह २१ दशमलव ४१, वित्त १ दशमलव ८८ र अन्य समूह १४ दशमलव ७१ अंकले बढेको छ ।

त्यस्तै बैंकिङ समूह ११ दशमलव ७६, व्यापार समूह ९३ दशमलव ५९, होटल तथा पर्यटन समूह ९१ द्यशमलव १६, जलविद्युत् समूह २८ दशमलव ३८, निर्जीवन बीमा समूह १२३ दशमलव ९९, उत्पादन समूह ३९ दशमलव शून्य१, लघुवित्त समूह १७ दशमलव ६८, जीवन बीमा समूह १७६ दशमलव ६७, सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य १ र लगानी समूह शून्य दशमलव ६७ बिन्दुले ओरालो लागेका छन् ।कारोबारका आधारमा मंगलबार नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ५७ करोड ८ लाख रुपियाँको कारोबार भएको छ । यस्तै लुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख, राधी विद्युत् कम्पनीको २३ करोड ३५ लाख, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ५३ लाख र एसियन लाइफ इन्स्योरेन्सको १६ करोड ३७ लाख रुपियाँको कारोबार भएको छ ।

यस्तै कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लुम्बिनी विकास बैंक, गुर्खाज फाइनान्स, समिट लघुवित्त र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले बढी कमाएका छन् । तर, दिव्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखु खोला जलविद्युत् कम्पनी,माउण्टेन हाइड्रो लगायतका कम्पनीको लगानीकर्ताले धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्