लमजुङमा २ अर्ब ८४ करोड बजेट



शिक्षा पन्त, लमजुङ

संघीय सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि लमजुङका स्थानीय तहलाई २ अर्ब ८४ करोड ६७ लाख रुपियाँ बजेट विनियोजन भएको छ । यो चालू आर्थिक वर्षको भन्दा ७ करोड ३१ लाख रुपियाँ बढी हो ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको बेंसीशहर नगरपालिकाले सबैभन्दा धेरै ४६ करोड ३५ लाख बजेट पाउने भएको छ । सो बजेटमध्ये समानिकरण अनुदानतर्फ १४ करोड २६ लाख, सशर्त अनुदानतर्फ २९ करोड ६२ लाख, विशेष अनुदानतर्फ एक करोड आठ लाख र समपुरकतर्फ एक करोड २९ लाख रहेको छ ।यस्तै मध्यनेपाल नगरपालिकाले ४० करोड ७८ लाख बजेट पाउने भएको छ । सो बजेटमध्ये समानिकरण अनुदानतर्फ १० करोड ४० लाख, सशर्त अनुदान तर्फ ३० करोड ३८ लाख छ । दोर्दी गाउँपालिकाले ३८ करोड ७९ लाख बजेट पाएको छ । जसमध्ये समानिकरणतर्फ आठ करोड ७७ लाख, सशर्ततर्फ २३ करोड ९८ लाख, विशेषतर्फ ३ करोड ५३ लाख र समपुरकतर्फ २ करोड ५१ लाख रुपियाँ छ । राईनास नगरपालिले भने ३८ करोड ५९ लाख रुपियाँ पाउने भएको छ ।

जसमध्ये ८ करोड ९६ लाख समानिकरण, २७ करोड ९७ लाख सशर्त अनुदानतर्फ रहेको छ । त्यस्तै एककरोड ३९ लाख विशेष अनुदान र २७ लाख रुपैया समपुरक अनुदान रहेको छ । सुन्दरबजार नगरपालिकाको ४३ करोड ४२ लाख रुपियाँमध्ये ११ करोड ९ लाख समानिकरणतर्फ र ३१ करोड ४२ लाख सशर्त अनुदान र ९१ लाख विशेष अनुदान रहेको छ ।यसैगरी मस्र्याङ्दी गाउँपालिकाले ३२ करोड ६० लाख रुपियाँ पाउने भएको छ । सोमध्ये समानिकरणतर्फ आठ करोड ९५ लाख, सशर्ततर्फ २३ करोड ६५ लाख रहेको छ । क्होलासोथार गाउँपालिकाले भने २३ करोड २२ लाख बजेट पाएको छ । जसमध्ये समानिकरणतर्फ ६ करोड ९९ लाख, सशर्त तर्फ १३ करोड ९३ लाख र समपुरकतर्फ ५१ लाख पाउने भएको छ । जिल्लामा सवैभन्दा थोरै बजेट दूधपोखरी गाउँपालिकाले पाएको छ । सो गाउँपालिकाले २० करोड ९२ लाख रुपियाँ बजेट पाएको । जसमध्ये समानिकरण्तर्फ ६ करोड ९९ लाख, सशर्ततर्फ १३ करोड ९३ लाख, विशेषतर्फ ६० लाख बजेट छ ।

प्रतिक्रिया दिनुहोस्