राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री गर्ने



काठमाडौं, नेस

राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि साढे आठ प्रतिशत ब्याजदरको ‘आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको २ अर्ब ५० करोड रुपियाँ ९२५ लाख कित्ता० मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

प्रतिकित्ता हजार रुपियाँ दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थााई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंकको आपसी सहमतिमा बिक्री वितरण गरिनेछ ।

साथै सर्वसाधारणका लागि ४० प्रतिशत अर्थात १० लाख कित्ता बिक्री गरिनेछ । छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्