‘कार्यान्वयन भए बजेट राम्रो’



नेपाल समाचारपत्र, काठमाडौं

आगामी आर्थिक वर्ष २०७८/७९ का निम्ति विनियोजित बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उद्योगी व्यवसायीले जोड दिएका छन् । सोमबार आयोजिते वेबिनारमा उनीहरूले बजेट सकारात्मक रहे पनि कार्यान्वयन गर्न चुनौती रहेको बताएका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषणभन्दा पनि कार्यान्वयन पक्ष महŒवपूर्ण रहेको बताउनुभयो । उहाँले बजेट भाषण आफमा खराब हुँदैन, बजेटमा सरकारले दिन्न भन्ने केही छैन । सबै चिज दिन्छु भनेको छ । तर, कार्यान्वयन कस्तो हुन्छ भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।सरकारले बजेटमार्फत् साना तथा मझौला उद्योगलाई छुट दिने भने पनि जब व्यापार नै छैन भने छुटको के मतलब भयो रु भन्दै उहाँले अहिले सरकार ऋणात्मक बजेटमा रहेकाले यो अवस्थामा सरकारले सामाजिक सुरक्षा भत्ता, राष्ट्र सेवकको भत्ता बढाउन नहुने बताउनुभयो । ‘जब देश समृद्धि हुन्छ, तब सामाजिक सुरक्षा बढाउनु राम्रो हुन्छ । अहिले हजार बढाएर केही उपलब्धि हुन्छ जस्तो लाग्दैन । कर्मचारीको २ हजार रुपियाँ तलब बढाएर केही फरक पार्दैन । यो देखावटी मात्र हो,’ भन्नुभयो ।

कार्यक्रममा नेपाल हिमालय सिमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले बजेटमा स्वास्थ्य क्षेत्र, साना तथा मझौला व्यवसाय, विद्युतीय सामानको भन्सार छुटलगायतका पक्षलाई समेट्न सकेको भन्दै यो राम्रो पक्ष रहेको बताउनुभयो । उहाँले बजेटले स्वदेशी उत्पादनलाई महवदिएको भन्दै त्यो लागू भएमा नेपाल उत्पादन क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । बजेट राम्रोसँग कार्यान्वय भएमा नेपालको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभया–‘बजेटले धरासयी भएका व्यवसायलाई पुनर्कर्जाको व्यवस्था गरेको छ । यो राम्रो पक्ष हो । तर, कार्यान्वयन पक्ष कस्तो हुन्छ, त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’
मिडिया इन्टरनेसनलद्वारा आोजित कार्यक्रममा हस्तकला महासंघ बाग्मती प्रदेश अध्यक्ष होमनाथ उपाध्ययले बजेट कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘बजेटमा ६२ प्रतिशत राजस्व असुली भन्ने छ, त्यो कति सम्भव छ । त्यसतर्फ ध्यान दिनुपर्नेछ ।’ गत वर्षमा पनि सरकारले सर्टिफिकेट धितोमा राखेर लोन दिने भने पनि खासै कार्यान्वयन हुनु नसकेको उहाँको भनाइ छ । त्यस्तै मिनरल वाटर एसोसिएसनका पूर्वअध्यक्ष धर्मनन्द श्रेष्ठले चुनावलाई रिझाउने खालको बजेट आएको बताउनुभयो । अध्यादेशबाट बजेट आएको भन्दै राजनीतिक तरलताका कारण सकारात्मक रुपमा लिन नसकिएको उहाँको भनाइ छ ।नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले कार्यान्वयनमा ध्यानदिन सके बजेटले सबै कुरा समेटेको बताउनुभयो । तर, बजेटले लत्ताकपडा आयातमा भन्सार छुट दिन नसकोको भन्दै चर्को भन्सार कर तिर्न बाध्य भएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्