‘मौद्रिक नीतिले सकारात्मक प्रभाव पार्ने’



काठमाडौं, नेस
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले स्वस्थ्य सेवामा सकारात्मक असर पुग्ने नेपाल उद्योग परिसंघको धारणा छ ।

कोभिड–१९ ले उद्योग तथा व्यवसाय क्षेत्रमा सिर्जित समस्यालाई न्युनीकरण गर्न निषेधाज्ञाको अवधिभर कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ भने निषेधाज्ञा समाप्त भएको एक महिनासम्म कुनै पनि प्रकारको असुली वा लिलामीसम्बन्धी सूचना प्रकाशन गर्न नपाइने व्यवस्थासमेत गरेको छ । यो प्रावधानले समस्यामा रहेका उद्योग तथा व्यवसायलाई केही सहज हुने परिसंघको बुझाइछ ।

राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक तथा उद्योगले अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधारदरमै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएकोछ । साथै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेष पुर्नकर्जाको समेत व्यवस्था गरेको छ । यस्तो कर्जा एक वर्षका लागि प्रवाह हुने समेत बैंकले जनाएको छ । यसप्रकारको प्रोत्साहनले अक्सिजन उपलब्धताको दीर्घकालीन व्यस्थापन गर्न सहयोग पुग्ने परिसंघको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्