आज शेयर बजारमा दुई नयाँ रेकर्ड



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एकै दिन दुई नयाँ रेकर्ड कायम गरेको छ । आज मंगलबार नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

आज नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । त्यस्तै, आज नेप्से हालसम्मकै उच्च विन्दुमा पनि पुगेको छ । आज नेप्से दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
नेप्सेका अनुसार आज ३४.६८ अंकले नेप्से बढेको छ ।

प्रतिक्रिया दिनुहोस्