शेयर बजारमा ‘रेकर्ड ब्रेक’ कायमै



काठमाडौं, नेस

शेयर बजारले दैनिक रेकर्ड कायम गर्दै आएको छ । आइतबार नयाँ रेकर्ड कायम गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से ले सोमबार पनि नयाँ रेकर्ड बनाएको हो । यस दिन नेप्से परिसूचक २० अंकले बढेसँगै नेप्से ऐतिहासिक बिन्दुमा पुगेको हो ।

सोमबार नेप्से परिसूचक २० दशमलव ७१ अंकले बढेर २७५९ दशमलव २२ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटे पनि कारोबार रकम भने उत्साहप्रद नै रहेकोे छ। आइतबार १० अर्ब ४० करोड रुपियाँको शेयर कारोबार भएकोमा सोमबार भने ९ अर्ब ५७ करोड रुपियाँको शेयर कारोबार भएको छ । कुल २१८ वटा कम्पनीको १ करोड ९० लाख ५६ हजार कित्ता शेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपियाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।यस दिन कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेका छन् भने बाँकी ३ समूहको सूचक नकारात्मक देखिएको छ । घटेका समूहमध्ये होटल एन्ड टुरिजम समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव शून्य २ प्रतिशत र उत्पादन प्रशोधन समूहको परिसूचक शून्य दशमलव ७२ प्रतिशतले घटेको छ ।

त्यस्तै सोमबार कारोबारमा आएका ११ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये रुरु जलविद्युत् कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । साथै समता घरेलु लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, राधी विद्युतको ९ दशमलव ९४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशमलव ९३ प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।
त्यस्तै गुरँँस लघुवित्तको ९ दशमलव ८९ प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८८ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ९ दशमलव ७५ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ७३ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ७२ प्रतिशत र खानीखोला हाइड्रोपावरको ९ दशमलव ५ प्रतिशतका दरले वृद्धि भएको छ । तर, विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १ दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स, ज्योति विकास बैंक, आईसीएफसी फाइनान्स र हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि घटेको छ ।

सोमबारको कारोबार पनि नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा धेरै भएको छ। यस दिन पुनर्बीमा कम्पनीको ६६ करोड रुपियाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनीको ४२ करोड ६९ लाख, शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख, अरुण कावेली पावरको २५ करोड र अपर तामाकोशीको २१ करोड ५३ लाख रुपियाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्