एनएमबि बैंकद्वारा ऋणपत्र जारी



काठमाडौं, नेस

एनएमबि बैंकले २ अर्व रुपियाँबराबरको बार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको ऋणपत्र आइतबादेखि बिक्री खुल्ला गरेको छ । प्रत्येक ६-६ महिनामा ब्याज भुक्तानी हुने एनएमबि बैंकले ऋणपत्र ९डिबेञ्चर० खुल्ला गरेको बैंकले जनाएको छ ।

१० वर्षे अवधिको ‘एनएमबि ऋणपत्र ८ दशमलव ५–२०८७-८८’ नामको ऋणपत्र प्रििकत्ता १ हजार रुपियाँको कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थालाई र ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशतदरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक जारी गरेको हो ।ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ । अंकित मूल्य एक हजार रुपियाँ दरको ऋणपत्रका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने छ । यसमध्ये एक अर्ब २० करोड रुपियाँको ऋणपत्र ‘प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री हुनेछ ।

बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी ऋणपत्र भने सर्वसाधारणले खरिद गर्न पाउने छन् । कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भन्नुहुन्छ–‘एनएमबि बैंकको ऋणपत्र अहिले लगानीको लागि सर्वोत्कृष्ट औजार हो । हालको परिप्रेक्ष्यमा ८ दशमलव ५ प्रतिशत ब्याज उच्चतम हो, एनएमबि बैंक आफैं स्वस्थ, सबल र सक्षम बैंकको रुपमा आइरहेको छ । व्यावसायिक अधिकांश सूचांकमा पनि सबल छ ।

प्रतिक्रिया दिनुहोस्