काठमाडौं, नेस
यस साता नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ४६ दशमलव ८८ अंकले बढेर २६८४ दशमलव शून्य १ विन्दुमा पुगेको छ । साताभर नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो साताको तुलनामा घटेको छ । ६ करोड ७९ लाख कित्ता शेयर ३ लाख ३८ हजार पटकमा २८ अर्ब ६२ करोड रुपियाँ किनबेच भएको छ । यो अघिल्लो साताको तुलनामा ५ अर्ब ३४ करोड रुपियाँ कम हो ।
नेप्सेमा सुधार भएसँगै यस साता नेप्सेमा सूचीकृत कम्पनीहरू कुल बजार पुँजीकरण भने बढेको छ । गत साता ३६ खर्ब ५८ अर्ब रुपियाँ रहेकोमा यस साता ६५ अर्ब रुपियाँ बढेर कुल बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब रुपियाँ पुगेको छ। यस साता १३ समूहमध्ये १२ समूहको परिसूचक बढेको छ भने एकको घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७ दशमलव २४ प्रतिशत बढेको छ।
अंकका आधारमा भने यस साता निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक बढेको छ। सो उपसमूहको परिसूचक यस साता ५२६ दशमलव ५४ अंकले बढेर १३६५९ दशमलव ५२ बिन्दुमा पुगेको छ।














प्रतिक्रिया