टेलिकमको नाफा ७ प्रतिशतले बढ्यो



काठमाडौं, नेस

नेपाल टेलिकमले आर्थिक २०७७÷७८ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको प्रथम र द्वितीय त्रैमासिकमा कुल सेवा वापतको आय ७ प्रतिशतले वृद्धि गरी ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार रुपियाँ पु-याएको छ ।

यसअवधिमा कम्पनीको खुद नाफा पनि बढेर २ अर्ब ५९ करोड ५० लाख ७७ हजार रुपियाँ पुगेको छ । कुल सेवा वापतको आय २ दशमलव २९ प्रतिशतले वृद्धि भई २७ खर्ब ४५ करोड १३ लाख ५२ हजार रुपियाँ रहेको छ । यद्यपि, कोरोना महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालू आवमा घट्न गएको हुँदा ब्याज आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ ।

समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्