महासंघले गोर्खा अस्पतालमा आइसोलेसन सञ्चालन गर्ने



काठमाडौं, नेस

क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवम् प्राथमिक उपचार केन्द्र स्थापना एवम् सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच सहमति भएको छ ।कोभिड आइसोलेसन एवम् प्राथमिक उपचार केन्द्र स्थापना एवम् सञ्चालनसम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्वर १७ का वडाध्यक्ष नवीन मानन्धरले हस्ताक्षर गर्नुभयो ।

उक्त आइसोलेसन केन्द्र आइतबारबाट सञ्चालनमा आउनेछ भने सेन्टरमा प्रारम्भमा जम्मा ५० बेड रहने छन् र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पु-याइने छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीलाई उचित खाना, औषधि, बासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान हुनेछ ।केन्द्र अन्तरगत आइशोलेशनमा रहेका विरामीहरूलाई आपतकालिन रूपमा अक्सिन दिनुपर्ने भएमा अक्सिन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्ंंसकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था समेत हुनेछ ।
सहमतिपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी संक्रमितहरूको सहयोगार्थ महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच भएको यो सहमति र सहकार्य ऐतिहासिक हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्