ईयुद्वारा सहयोग



काठमाडौं, नेस 

नेपाललाई युरोपेली संघ ईयुले २८ करोड २० ला रुपियाँ बराबरको मानवीय सहायता प्रदान गर्ने भएको छ ।
ईयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थ-टेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको संघले जनाएको छ ।

सहयोगस्वरुप प्राप्त रकमबाट अक्सिजन सिलिन्डर, , घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवं आपूर्ति गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्