कालीमाटी तरकारी बजारबाट खुद्रा कारोबार बन्द



काठमाडौं, नेस

कोरोना संक्रमतिको संख्यामा बढ्दै गएपछि कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार कालीमाटी तरकारी बजार विकास समितिले कृषक बजार बन्दको निर्णय भएको जनाएको हो ।

बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो । समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एकवटा थोक पसलमा अधिकतम् दुईजना बसी सामाजिक दूरी कायम गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन -यार्क-होल्डिङ-यार्कमा कारोबार गर्नु निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्