नेप्से परिसूचक दोहोरो अंकले घट्यो



काठमाडौं (नेस) ।

साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा रोकिएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको छ । कारोबार रकम भने ६ अर्बमाथि पुगेको छ ।नेप्सेमा कारोबार हुने समूहगत इन्डेक्सहरू भने सबै घटेका छन् । समूहगत सबइन्डेक्सहरू सबैभन्दा धेरै लघुवित्त र व्यापार समूह घटेका छन् । कम्पनीहरूमा भने महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य धेरै घटेको छ । नेप्सेमा आईपीओ सूचीकृत भएदेखि नै लगातार बढिरहेको महिलाको सेयर मूल्यमा आइतबार ब्रेक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्