आउनै लाग्यो तामाकोशीको बिजुली, जेठ पहिलो हप्तादेखि परीक्षण उत्पादन सुरू हुने



न्युज अफ नेपाल, काठमाडौं ।

देशकै सबैभन्दा ठूलो क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुने भएको छ । आगामी जेठ पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरू हुने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

देशको अहिलेसम्मकै ठूलो क्षमता (४५६ मेगावाट)को यो आयोजनामा ७६–७६ मेगावाटका ६ वटा युनिट रहेका छन्। हाल आयोजनाको सुरुङमा पानी भर्न शुरू भइसकेको र परीक्षणको तयारी भइरहेको छ ।

एक दशकअघि निर्माण शुरू भएको यो आयोजनामा रू. ८० अर्ब हाराहारीमा खर्च हुने अनुमान छ। तामाकोशीबाट बिजुली आउने दिन नजिकिँदै गए पनि उत्पादित विद्युत् खपतको टुंगो भने अझै लागेको छैन।

प्रतिक्रिया दिनुहोस्