एनसेलको नयाँ योजनाः हरेक दिन स्मार्टफोन जित्ने मौका



 

काठमाडौं । एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने भएका छन । । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागू हुने घोषणा गरेको छ ।
इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिन देखि ७दिनको लागि संचालनमा रहने भएको छ ।
यस आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमनकलमा कुरा गर्नुहुने ग्राहकले हरेक दिन सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् ।
यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्तवा साथीभाइले यो आकर्षक योजनाको लाभलिनुका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेकोे विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्धत गर्ने भएको छ ।
यो योजना अन्तर्गत, यूएईबाट सबै भन्दा धेरै आगमनकल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफलहुनेछन् ।
७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमनकुल संख्या, औसतकल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयीग्राहकको नाम घोषणा गरिनेछ ।
विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिने एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्