वागमतीमा राजस्व भुक्तानी नियमावली



हेटौंडा, (नेस) ।

वागमती प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ । अपग्रेटेड भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) सहितको ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम विकास कार्यान्वयन स्वीकृत गरिएको छ ।

कर्मचारी व्यवस्थापन गरी केही हप्ताभित्र सेवाग्राहीले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा र राजस्व भुक्तानी कार्यालयमा नपुगी लिन सक्नेछन् । सवारी साधन नवीकरण तथा राजस्व तिर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता अब अन्त्य हुनेछ । सवारीसाधनको राजस्वसँगै तेस्रो पक्ष बिमा रकमसमेत अनलाइनमार्फत् भुक्तानी गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्