एनएमबी बैंकद्वारा बिमा दाबी भुक्तानी



काठमाडौ (नेस) ।

एनएमबि बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भीर रोगहरू विरुद्घ प्रदान गरिने बिमा दाबी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ ।सहारा बचत खाताअन्तर्गत हालसम्म देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई ६१ लाख ३ हजार ८ सय ४१ रुपियाँ भुक्तानी गरेको छ । बैंकले उक्त भुक्तानीे इन्स्युरेन्स पार्टनर शिखर इन्स्युरेन्समार्फत प्रदान गरेको हो ।

आफ्नो स्थापनाकालदेखि नै ग्राहक केन्द्रित भएर काम गरिरहेको बैंकले ग्राहकलाई उच्च बिमा कभरेज र भविश्यका अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।बैंकको तलव खाता योजनामा शून्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्डका साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुंँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु-याउँदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्