दमौली खानेपानीलाई मुक्तिनाथ विकास बैंकको सहयोग



काठमाडौ (नेस) ।

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाका नगरवासीलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

यस सहयोगबाट सोही संस्थाले जनजीवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टड्ढी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदूषणबाट जोगाउने उद्देश्यले हाल व्यास –४ जुडिपानीस्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्