शेयर बजारमा पहिरो, एकै दिनमा खर्ब नोक्सान



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार उच्च अंकले घटेको छ । साताको पहिलो दिन नेप्से ७५ दशमलव ७९ अंकले घटेर २५७२ दशमलव २२ बिन्दुमा झरेको छ ।कुल २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख रुपियाँमा किनबेच भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३५ खर्ब ६१ अर्ब ७२ करोड ८७ लाख रुपियाँमा झरेको छ । अघिल्लो साताको अन्तिम दिनको कारोबारसम्म समग्र बजार पुँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड ९० लाख रुपियाँमा सीमित भएको थियो ।

आइतबार कारोबार भएका सबै समूह घटेका छन् । जसमध्ये बैंकिङ समूह ४२ दशमलव ६५, व्यापार समूह ११३ दशमलव ५५, होटल तथा पर्यटन समूह २२० दशमलव २७, विकास बैंक समूह ८६ दशमलव ३४, जलविद्युत् समूह ११२ दशमलव ४१, वित्त समूह ४३ दशमलव ७७, निर्जीवन बीमा समूह ४४० दशमलव ८७, उत्पादन समूह १३६ दशमलव २१, अन्य समूह ४७ दशमलव १३ अंकले घटेको नेप्सेले जनाएको छ । त्यस्तै लघुवित्त समूह १६० दशमलव ६५, जीवन बीमा समूह ४६० दशमलव शून्य ४, सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ९ र लगानी समूह ३ दशमलव ३५ अंकले घटेको छ । यस दिन कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ३९ करोड ५२ लाख रुपियाँको शेयर कारोबार भएको छ ।

यस्तै ज्योति लाइफको ३३ करोड ८५ लाख, माथिल्लो तामाकोशी २५ करोड ९७ लाख, नबिल बैंकको २० करोड ९७ लाख र एनआइसी एसिया बैंकको २० करोड ५६ लाख रुपियाँको शेयर कारोबार भएको छ ।नेप्सेमा उच्च गिरावट भएको दिन महिला लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै विशाल बजार कम्पनीको ९ दशमलव ९७, कालिका पावर कम्पनीको ३ दशमलव ४५, मिर्मिरे माइक्रोफाइनान्स ३ दशमलव शून्य ५ प्रतिशतले शेयर मूल्य बढेको छ । आइतबार चन्द्रागिरि हिल्स, नारायणी डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, युनियन हाइड्रोपावर, ओरियन्टल होटलका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्