शेयर बजारमा सुधार



 नेपाल समाचारपत्र, काठमाडौं। 

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । पछिल्ला दिनमा लगातार घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा बिहीबार भने बढेको हो । यस लिा नेप्से १५ दशमलव ८० अंकले बढेर २६४८ बिन्दुमा पुगेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख रुपियाँभन्दा माथि पुगेको छ ।

कूल २१४ कम्पनीको १क करोड ३० लाख ३२ हजार कित्ता शेयर ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपियाँमा किनबेच भएको छ । यस दिन कारोबार भएका १३ समूहमध्ये दुई समूहको परिसूचक घटे पनि बाँकीे ११ वटा समूहका परिसूचक भने बढेका छन् । घटेकामा होटल तथा पर्यटन समूह ५२ दशमलव ९२ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ६ विन्दुले घटेका छन् । यस्तै बैंकिङ समूह ९ दशमलव २२, व्यापार समूह ११ दशमलव १२, विकास बैंक समूह ३८ दशमलव १७, जलविद्यत् समूह ४ दशमलव ९८, वित्त समूह १ दशमलव ४१, निर्जीवन बीमा समूह ११४ दशमलव ९, उत्पादन समूह ४७ दशमलव २८, अन्य समूह २१ दशमलव ३१, लघुवित्त समूह ५३ दशमलव १९, जीवन बीमा समूह ११४ दशमलव शून्य ६ र लगानी शून्य दशमलव १७ अंकले बढेका छन् ।

बिहीबारको कारोबार रकमका आधारमा एनसीसी बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ६२ करोड २७ लाख रुपियाँको कारोबार भएको छ । यस्तै, नेपाल पूर्वाधार बैंकको २५ करोड ८७ लाख, एनआईसी एसिया लघुवित्तको २१ करोड ३५ लाख, एचआईडीसीएलको १९ करोड ५३ लाख, नबिल बैंकको १६ करोड २२ लाख, माथिल्लो तामाकोशीको १३ करोड ४८ लाख, नागरिक लगानी कोषको १२ करोड ४९ लाख र एनआईसी एसिया बैंकको ११ करोड २१ लख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।लामो समय रोक्का भई बिहीबारदेखि मात्रै खुलेको विशाल बजार कम्पनीसँगै सिन्धु विकास बैंकको शेयरमा १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ ।

साथै महिला लघुवित्तको ९ दशमलव ९७, ग्रीन डेभलपमेन्ट बैंकको ९दशमलव ९५, ज्योति लाइफ इन्स्योरेन्सको ९ दशमलव ९३, एनसीसी बैंकको ९ दशमलव ८४, सप्तकोशी डेभलपमेन्ट बैंकको ६ दशमलव ८४, आइएमई जनरल इन्स्योरेन्सको ५ दशमलव ५८ र एनआरएन इन्फ्रास्टकचरको ५ दशमलव ३८ प्रतिशतले शेयर मूल्य बढेको छ । उता, हिमालयन ऊर्जा विकास कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, मन्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, चन्द््रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर, रिडी हाइड्रोपावर, गोर्खाज फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्