उद्योगी साखःको निधन



काठमाडौं, नेस ।  

साखः ग्रुपका अध्यक्ष एवम् उद्योगी गणेशभक्त साखःको ९१ वर्षको उमेरमा निधन भएको छ । भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेर त्यस क्षेत्रको उद्योग व्यापार बढाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

नेपाल पेन्टस् र साखः मेटल एन्ड एलाइड इन्डस्ट्रिज, चाउचाउ, चक्लेट, तयारी पोशाकलगायतका उद्योगहरूको स्थापना गर्नुभएका उहाँ नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्समा समेत सक्रिय रहनु भएको थियो । उहाँ नेपालमा भ्याट कार्यान्वयनका निम्ति गठित अध्ययन कार्यदलको सदस्यसमेत रहनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्