शेयर बजारको पुँजीकरण ३६ खर्ब ७२ अर्ब



नेपाल समाचारपत्र, काठमाडौं । 

साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार भएको छ । यस दिन १ दशमल १३ अंकले वृद्धि भएको छ । यद्यपि, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही गिरावट आएको छ । यससँगै बजार पुँजीकरण ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख रुपियाँभन्दा बढी पुगेको छ । सोमबार कुल ७ अर्ब २९ करोड ६७ लाख रुपियाँको कारोबार भएको छ । कुल २१२ कम्पनीका ७३ हजार ५ सय ९८ कारोबारबाट १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच भएको छ ।

व्यापार १३२ दशमलव ६५, होटल तथा पर्यटन ११४ दशमलव ८, जलविद्युत् ४६ दशमलव ४९, उत्पादन २४ दशमलव ८, अन्य ३३ दशमलव शून्य २, लघुवित्त ३४ दशमलव ६३ र सामूहिक शून्य दशमलव शून्य ५ अंकले बढेको छ । तर, कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३४ करोड ७५ लाख रुपियाँबराबरको कारोबार भयो । यस्तै, आइएमई जनरल इन्स्योरेन्स ३१ करोड ३४ लाख, नेपाल पूर्वाधार बैंक २८ करोड ९४ लाख, हिमालयन जनरल इन्स्योरेन्स २५ करोड २५ लाख, नेपाल दूरसञ्चार कम्पनी १९ करोड पाँच लाख, नबिल बैंक १५ करोड ५६ लाख रुपियाँ रहेको छ ।

चन्द्रागिरि हिल्स १५ करोड १८ लाख, एनआइसी एसिया बैंक १५ करोड, नेपाल पुनर्बीमा कम्पनी १४ करोड ९४ लाख र रसुवागढी हाइड्रोपावर १३ करोड ७१ लख रुपियाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्