एनएमबिका ग्राहकलाई एएसजी आँखा अस्पतालमा छुट



काठमाडौं, (नेस)

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न चिकित्सकीय सेवामा १० प्रतिशतसम्म छुट दिने विषयमा द्विपक्षीय समझदारी गरेको छ । उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहक तथा कर्मचारीले भुक्तानी गर्र्दा सर्जरीमा र आँखा सम्बन्धी कुनै पनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्