नेपाल समाचारपत्र, काठमाडौं
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८२ दशमलव ९३ अंकले बढेको छ । चार दिनमात्रै खुलेको नेप्से आइतबार होलीका कारण बिदा भएको थियो ।
नेप्से परिसूचक सोमबार ५ दशमलव ४५ अंकले घटेको थियो भने मंगलबार ३२ दशमलव १५ अंक, बुधबार ४३ दशमलव ३६ अंक र बिहीबार १२ दशमलव ८८ अंकले बढेको हो । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरण ३६ खर्ब ३५ अर्ब ४८ करोड ५० लाख रुपियाँको हाराहारीमा रहेको छ । नेप्सेमा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरण हालसम्मकै उच्च हो । अघिल्लो साता कुल बजार पुँजीकरण ३५ खर्ब २० अर्ब २२ करोड रहेको थियो ।
कारोबार दिन घटेका कारण अघिल्लो साताको तुलनामा यस साता कारोबार रकम र कारोबार कित्ता भने घटेको छ । यो साता २४ अर्ब १ करोड ३८ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो साता २९ अर्ब ५८ करोड ८२ लाख रुपियाँको कारोबार भएको थियो । अघिल्लो साता ६ करोड ३१ लाख २१ हजार कित्ता शेयर कारोबार भएकोमा यो साता ४ करोड ७० लाख २१ हजार कित्ता शेयर कारोबार भएको छ । नेप्से परिसूचकसँगै यस साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १६ दशमलव ११ अंकले बढेको छ ।











प्रतिक्रिया